
विश्व नयाँ वर्षमा प्रवेश गरिसकेको छ । मानिसहरू नयाँ वर्ष मनाइसकेर पनि आफ्नो काम फर्किसकेका छन् ।
तर, विश्वमा एउटा यस्तो देश छ जहाँ अहिले २०१३ चलिरहेको छ ।
यो एक अफ्रिकी देश हो जसको नाम इथियोपिया हो । इथियोपिया विश्वका क्यालेन्डहरूभन्दा ७ वर्ष ३ महिना पछाडि चल्छ । यो अफ्रिी देश अन्य देशको तुलनामा निकै फरक छ । अन्य देशमा १२ महिनाको एक वर्ष हुन्छ भने यहाँ १३ महिनाको एक वर्ष हुने गर्छ । यहाँको जनसंख्या करीब ८५ लाख छ, यो अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको देश हो ।
यहाँ नयाँ वर्ष जनवरी १ मा होइन, ११ सेप्टेम्बरमा मनाइन्छ ।
१५८२ मा ग्रेगोरियन क्यालेन्डर शुरू भयो । पहिले इथियोपियामा जुलियन क्यालेन्डरको प्रयोग गरिएको थियो, जो देश कैथोलिक चर्च मान्छन्, उनीहरूले नयाँ क्यालेन्डर स्वीकार गरे । तर, धेरै देशहरूले यस क्यालेन्डरलाई स्वीकार गरेनन् र विरोध गरिरहेका छन् । ती देशहरूमा इथियोपिया पनि समावेश थियो ।
इथियोपियाका मानिसहरू ऑर्थोडक्स चर्चलाई मान्छन् । ७ बीसीमा ख्रीष्टको जन्म भएको र त्यहीँबाट क्यालेन्डरको गिन्ती शुरू भयो भन्ने उनीहरूको बुझाइ छ । जबकि अन्य देशमा एडी १ लाई ख्रिष्टको जन्म भएको मान्छन् । त्यसैले अहिले इथियोपियामा २०१३ चलिरहेको छ ।