१९ असार २०८३, शुक्रबार

नोबेलका विद्यार्थीको समस्या समाधान गर्न इन्सेकको माग

नोबेलका विद्यार्थीको समस्या समाधान गर्न इन्सेकको माग

आन्दोलनरत नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीहरूको समस्या समाधान गर्न इन्सेकले माग गरेको छ ।

चिकित्सा शिक्षा ऐन, २०७५ ले निर्धारण गरेभन्दा बढी शुल्क लिएको आरोपमा नोबेल मेडिकल कलेजविरूद्ध आन्दोलनरत विद्यार्थीका कारण सर्वसाधारणसमेत प्रभावित भएको भन्दै इन्सेक प्रदेश १, कार्यालयले शुक्रवार विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न माग गरेको हो । 

अतिरिक्त शुल्क विवादमा नोबेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीबीच २०७८ पुस १४ गतेदेखिको तनावले सिर्जित अवस्थाप्रति  ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । 

साथै अतिरिक्त शुल्क नबुझाउने एमबीबीएस प्रथम वर्षका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाउने कार्य आपत्तिजनक भएको इन्सेकले जनाएको छ  ।

अतिरिक्त शुल्कले विद्यार्थी पीडित भए पनि आन्दोलनका क्रममा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा हिंसात्मक प्रदर्शन, तालाबन्दी र तोडफोडजन्य गतिविधिको भने इन्सेकले विरोध गरेको छ । 

‘विद्यार्थीको जायज माग सम्बोधन गर्न, कानूनी राज्यको उपहास रोक्न र तत्काल समस्याका समाधानका लागि राज्यसँग इन्सेक जोडदार माग गर्दछ,’ इन्सेक प्रदेश प्रमुख सोमराज थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्