०४ साउन २०८३, सोमबार

सीके राउत नेतृत्वको जनमत पार्टीले भैरहवामा गर्‍यो प्रदर्शन

सीके राउत नेतृत्वको जनमत पार्टीले भैरहवामा गर्‍यो प्रदर्शन

विभिन्न ११ सूत्रीय माग राख्दै सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रवार रूपन्देहीले भैरहवामा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले किसान माथिको दमन बन्द गर, किसान र आन्दोलनकारीमाथि लगाइएका झूटा मुद्दा फिर्ता गर, समयमा मलखाद र बीउबिजनको व्यवस्था गर, सिँचाइको व्यवस्था गर भन्दै सरकारविरूद्ध नाराबाजी गरेका छन् ।

पार्टीका केन्द्रीय सचिव भुपेन्द्र यादवले सरकारले किसानको माग नसुनेको बताए । किसानका सानाभन्दा साना मागहरू पनि सरकारले सम्बोधन गर्न नचाहेको उनले बताए । 

आफ्नै देशमा खेती गर्नका लागि पनि सरकारसँग मलबीउ माग्दै आन्दोलन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । सरकार ठूला–ठूला भष्टाचारमा संलग्न रहेको बताउँदै आपसमा मिलेर सरकार चलाउने तर किसानलाई हेर्ने दृष्टिकोण सबै पार्टीहरूको गलत रहेको बताए । 

प्रदर्शनकारीले स्थानीय तहमा भएका चरम भ्रष्टाचारको छानबिन गरी दोषीलाई जेल चलान गर्नुपर्ने, किसानका लागि कृषि बीमा लागू गर्नुपर्ने लगायतका ११ सूत्रीय माग राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्