
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा ७ जना घाइते भएका छन् ।
नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा१३च ४३६५ नम्बरको स्करपियो अन्दाजी ६ः०० बजेतिर खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदैछ । दुर्घटनाको कारण खुलेको छैन ।