
पछिल्लो २४ घण्टामा चार हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५५६ नमूना परीक्षणमध्ये ३७०३ पीसीआर र ९३३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
हालसम्मको मृत्यु संख्या ११ हजार ६१७ छ ।
मन्त्रालयका अनुसार थप ३५० जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १६ हजार ३ पुगेको छ ।
हाल मुलुकभर २१ हजार ५८४ सक्रिय संक्रमित छन् ।