भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले मन्त्री हरक सिंह रावतलाई बर्खास्त गरेपछि रावत रोएका छन् ।
भारतीय जनता पार्टीले यति ठूलो निर्णय लिनुअघि आफूलाई एकपटक पनि नसोधेको बिलौना उनले गरे ।
उनले भने, ‘मलाई राम्रैै मुखले भनेको भए पनि पद छोडिदिन्थें । मन्त्री बन्न मलाई खासै रुचि छैन, म त काम गर्न मात्र चाहन्थें ।’
रावतलाई पार्टीबाट समेत निकालिएको छ । पार्टीविरोधी गतिविधिमा लागेको भन्दै उनलाई निकालिएको हो ।
अब आफू कांग्रेसमा जाने र निःस्वार्थ भएर काम गर्ने उनको भनाइ छ ।
रावतले आफ्नो लागि दुईवटा टिकट मागेकाले उनलाई मन्त्रीबाट निकालेको बताइएको छ ।
मुख्यमन्त्री धामीले रावतलाई निकालिएको विषयमा जवाफ दिएका छन् । रावतले परिवारका सदस्यहरूलाई टिकट दिनका लागि पार्टीलाई दबाब दिएकाले निकालिएको उनको भनाइ छ । एक परिवारको एकजनालाई मात्र टिकट दिने आफूहरूको नीति रहेको धामीले बताए ।
रावत सन् २०१७ को विधानसभा निर्वाचनअघि कांग्रेस छोडेर भाजपामा प्रवेश गरेका थिए । तर लामो समयदेखि उनी भाजपामा असन्तुष्ट छन् ।
#WATCH | Former Uttarakhand BJP Minister Harak Singh Rawat breaks down after speaking about his expulsion from the Uttarakhand BJP Cabinet https://t.co/7xjIENtki6 pic.twitter.com/L8rEADPsBs
— ANI (@ANI) January 17, 2022
उनले बुहारीका लागि विधानसभा टिकट मागेका थिए तर पार्टीले दिएन ।