२२ असार २०८३, सोमबार

बाख्रा चराउन गएकी ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या

बाख्रा चराउन गएकी ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या

९ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरू आदर्शकोतवाल गाउँपालिका-८ टोल कोतवालीका २० वर्षीय सन्तोष साह कानु र सोही ठाउँका ४० वर्षीया शान्ति देवी रहेका छन् । 

गत पुस २५ गते दिउँसोको समयमा घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका बेपत्ता भएकी थिइन् । 

पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका-७ स्थित जमुनी खोलामा बालिकाको शव फेला परेको थियो । 

अनुसन्धानका क्रममा साह र शान्ति देवी घटना संलग्न रहेको खुलेपछि पक्राउ गरेर थप अनुसन्धान थालिएको बारा प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्