×

NMB BANK
NIC ASIA

राष्ट्रियसभा चुनावमा सत्तारुढ गठबन्धनको जीत निश्चित भएको दाबी, यस्तो छ चुनावी प्रचार

माघ ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका उम्मेदवारले जीत निश्चित भएको दाबी गरेका छन् ।

Muktinath Bank

५ दलीय गठबन्धनका उम्मेदवारले सोमवार बुटवलमा पत्रकार सम्मेलन गरी आफूहरूको जीत निश्चित भएको दाबी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकतन्त्र, संविधानको रक्षा, राजनीतिक स्थिरताका लागि कानूनी र संवैधानिक रक्षाका लागि गठबन्धन बनेको बताउँदै राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारले अंकगणितका हिसाबले पनि सहजै जीत निकाल्ने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनले बाँकेबाट नेपाली कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा ‘राजेश’लाई चुनावी मैदानमा उतारेको छ ।

Vianet communication
Laxmi Bank

कांग्रेसबाट उम्मेदवार भएका शर्माले बीपीबाट प्रभावित भएर २०३० सालमा कांग्रेस बाँकेको सचिव भएर राजनीति शुरू गरेको बताए । पाल्पाकी राजेन्द्रलक्ष्मी गैरैले २०३६ सालदेखि राजनीतिमा लागेर अहिले पार्टीले आफ्नो योगदानको मूल्यांकन गरेको बताइन् ।

अर्का उम्मेदवार राष्ट्रिय जनमोर्चाका तुलबहादुर विश्वकर्माले आफूले राजनीतिमार्फत समाजमा रहेका विभेद अन्त्य र सामाजिक न्याय स्थापित गर्न लागिपरेको बताउँदै आफ्नो उम्मेदवारी त्यसैका लागि भएको बताए । तीनै जना उम्मेदवारले गठबन्धनका सबै दलबाट मत पाउने आशा राखे ।

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आफूहरूसँग १ हजारभन्दा बढी मतान्तर रहेकाले सजिलै जित्ने बताए । उनले १ हजार ५०० मतान्तरले जित्ने दाबी गरे । उनले एमालेको भोट समेत आफूहरूले तान्ने दाबी गरे ।

गठबन्धनद्वारा जिल्ला भ्रमण  

५ दलीय गठबन्धनका उम्मेदवारले चुनावी प्रचार र भेटघाट शुरू गरेका छन् । बुटवलमा पत्रकार सम्मेलन गरेर गठबन्धनका उम्मेदवारले जिल्ला भ्रमण र भेटघाटको कार्यक्रम समेत सार्वजनिक गरेको छ । सोमवार बुुटवलमा पत्रकार सम्मेलन गरेर टोली पाल्पा गएको छ ।

मंगलवार गुुल्मीको तम्घास, अर्घाखाँचीमा भेटघाट गर्ने कार्यतालिका गठबन्धनले बनाएको छ । माघ ५ गते रोल्पा, ६ गते दाङको घोराही, ६ र ७ गते बर्दिया, ७ गते बाँके, ७ गते नै दाङको भालुवाङ, ८ गते कपिलवस्तुको चन्द्रौटा, रुपन्देहीको बुटवल र ९ गते नवलपरासीमा भेटघाट तथा चुनावी प्रचार कार्यक्रम राखिएको गठबन्धनले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x