२६ असार २०८३, शुक्रबार

पार्टीका सबै कार्यक्रम स्थगित गर्न एमालेको निर्देशन

पार्टीका सबै कार्यक्रम स्थगित गर्न एमालेको निर्देशन

नेकपा एमाले कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी २५ जनाभन्दा बढीको उपस्थिति रहने गरी पार्टी तथा जनसंगठनका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ । 

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्मनाथ अधिकारीले सोमवार प्रदेश र सबै जिल्ला कार्यालयलाई आन्तरिक सर्कुलर जारी गर्दै कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गरी कार्यालय सञ्चालन गर्न समेत निर्देशन दिएका छन् ।

पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न र पार्टीका स्थानीय कमिटी, नेता–कार्यकता र जनप्रतिनिधि कोभिड–१९ को महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि सर्कुलरमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्