२४ जेठ २०८३, आइतबार

नेपालीले बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्नुपर्छ

नेपालीले बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्नुपर्छ

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले आफूलाई बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्न सक्नुपर्ने बताएका छन् । आज कामपा–१५ किमडोलस्थित किमडोल बहालमा शाक्यधिता नेपालको ध्यान भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

“बुद्ध धर्मको मर्मलाई प्रवद्र्धन तथा प्रचारप्रसार गर्न काठमाडौँ महानगरपालिकाले थेरवादी तथा बज्रयानी विहारको निर्माण, पुनर्निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको छ । बुद्धको दर्शनलाई प्रवद्र्धन गर्न यो सरकारका तर्फबाट लगानी हो,” शाक्यले भने, “बुद्ध दर्शनका लागि विश्वका धेरै देशहरुले लगानी गरेका छन् । त्यस प्रकारका लगानी नेपालमै पनि छन् । यसबेला नेपालले पनि लगानी गर्नुपर्छ भनेर हामी अगाडि बढेका हौँ ।”

बहालभित्र करिब तीन हजार ५०० वर्गफिट क्षेत्रफलमा साढे तीनतले भवन निर्माण हुनेछ । यसका लागि काठमाडौँ महानगरपालिकाले करिब रु ७६ लाख अनुदान उपलब्ध गराउनेछ । उपभोक्ताको पाँच प्रतिशत सहभागिता रहनेछ ।

कार्यक्रममा शाक्यधिताका पदाधिकारीहरुले महानगरपालिकाबाट प्राप्त सहयोगको प्रशंसा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्