२८ जेठ २०८३, बिहीबार

अष्ट्रेलियामा कोरोनाबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

माघ ४, २०७८
अष्ट्रेलियामा कोरोनाबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

अष्ट्रेलियामा कोभिड-१९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको छ ।

अष्ट्रेलियाका अधिकारीहरूका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको यो संख्या यहाँ अहिलेसम्मका सबैभन्दा धेरै हो । 

त्यसैगरी त्यहाँका अधिकारीहरूले अष्ट्रेलियामा अस्पताल भर्ना हुनेको संख्या पनि विगतका तुलनामा बढेको पाइएको बताएका छन् ।

सबैभन्दा धेरै कोरोना सङ्क्रमित नागरिक न्यू साउथ वेल्सका छन् । न्यू साउथ वेल्समा गएको २४ घन्टामा ३६ जनाको ज्यान गएको छ । त्यसैगरी भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ । ती राज्यहरूमा पछिल्लो २४ घन्टामा सङ्क्रमित हुनेको संख्या पनि बढ्दै गएको पाइएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । 

अष्ट्रेलियामा पछिल्लो समयमा कोभिड सङ्क्रमण बढ्दो देखिएको छ । - रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्