×

NMB BANK
NIC ASIA

निर्माणमा विलम्ब

तामझामसहित देशैभर शिलान्यास गरिएका आधारभूत अस्पताल निर्माण कछुवा गतिमा

माघ ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

२०७७ मंसिर १५ गते सरकारले देशैभर एकैपटक ३९९ वटा आधारभूत अस्पताल भवनको तामझामका साथ शिलान्यास गर्‍यो । तत्कालीन सरकारले यसलाई स्वास्थ्य क्षेत्रको क्रान्ति पनि भन्यो ।

Muktinath Bank

कोरोनाको महामारी चलिरहँदा सरकाले एकैपटक यत्रो मात्रामा अस्पतालको शिलान्यास गर्दा जनतामा पनि खुशीयाली छाएको थियो तर शिलान्यास भएका आधारभूत अस्पतालको काम धेरै स्थानीय तहमा १ वर्षसम्म पनि शुरू नै हुन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतै टेन्डर आह्वान भएका छन् भने कतै निर्माणका काम अगाडि बढेका छन् । कोरोनाको गति हात्ती लम्केझैं लम्किरहेको छ भने अस्पतालको निर्माण कार्य कछुवाको गतिमा छ ।


Advertisment
Nabil box
Kumari

सरकारले समयमै बजेट नपठाइदिएका कारण निर्माण कार्य समयमै शुरू गर्न नसकिएको ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलाले बताए । वैशाखमा ठेक्का सम्झौता गरेर असोजदेखि निर्माण कार्य शुरू गरिएको उनले बताए ।

Vianet communication
Laxmi Bank

शिलान्यास गरिएका कतिपय आधारभूत अस्पताल भवनको निर्माण कार्य शिलान्यासमै सीमित बनेको छ । इलामको सन्दकपुर गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउनका लागि शिलान्यास गरेको वर्ष दिन हुँदा समेत निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

पहाडको ठाउँ भर्खरै जग्गा मिलाउने काम सकिएको गाउँपालिकाका अध्यक्ष इन्द्र राईले बताए । तराई, पहाडी तथा हिमाली जिल्लामा एउटै मापदण्ड भएका कारणले समेत निर्माण कार्य ढिला भएको उनी बताउँछन् । स्टिमेट तथा नक्सा समेत एउटै भएकाले पहाडी र हिमाली जिल्लामा भूगोल मिल्दो जग्गा भेट्टाउन नै समस्या हुने गरेको राईले बताए ।

काठमाडौंमा बस्नेले सबै काठमाडौं जस्तै देखेर लागत तथा स्टिमेट गर्ने गरेकाले विकट क्षेत्रको विकास हुन नसकेको उनले बताए । उनका अनुसार इलामका अन्य पालिकाले टेन्डर आह्वानको मात्रै सूचना निकालेका छन् ।

तेह्रथुमको मोराहाङ गाउँपालिकाका अध्यक्ष यादवराज खापुङ भन्छन्, ‘ठेकेदारले निर्माण सामग्री ल्याउन थालेको छ, अब बन्छ भन्ने विश्वास लागेको छ ।’

तेह्रथुमकै आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु भन्छन्, ‘संघीय सरकारले पहिला ललिपप देखायो, भरे लौरा लिएर अकबरे खोर्सानी खाँ भन्यो । समयमा रकम निकासा नगरिदिने र भूगोलका आधारमा नभई मन्त्री र कर्मचारीले गरेको डिजाइनले समेत समस्या बनायो ।’ 

संघमा बस्नेहरूले संघीयताको अभ्यास नगरेको समेत उनले आरोप लगाए ।  

विपद्को समयमा आधारभूत स्वास्थ्य सेवा गाउँगाउँमा पुर्‍याउने लक्ष्यसहित सरकारले स्वास्थ्य उपकरण र जनशक्ति सहितका आधारभूत अस्पताल सबै स्थानीय तहमा बनाउने घोषणा गरेको थियो तर कोरोनाको तेस्रो लहर फैलिँदै गर्दा पनि गाउँमै आधारभूत उपचार पाउनबाट जनता पुनः वञ्चित हुनुपरेको छ । 

पहाडी तथा हिमाली जिल्लामा भौगोलिक विकटताका कारणले भवन बनेका छैनन् भने तराईका जिल्लामा केही प्रगति देखिएको छ । मोरङको बेलबारी नगरपालिकामा बनिरहेको १५ शय्याको अस्पताल भवनको काममा केही प्रगति देखिन्छ भने तराईकै अन्य पालिकामा कतै भर्खर मात्रै शिलान्यास गरिएको छ । बेलबारीले जगको काम सकेको छ ।

मोरङको लेटाङ नगरपालिकाले केही दिनअघि मात्रै शिलान्यास गरेको छ । जग्गा नभेटिएको भन्दै लेटाङले अस्पताल भवनको शिलान्यास गरेको छैन । आधारभूत अस्पतालहरूमध्ये सबैभन्दा धेरै १ नम्बर प्रदेशमा ८६ वटा रहेका छन् ।

तेस्रो लहरसँग जुध्ने तयारीमा सरकार जुटे पनि अहिलेकै अस्पतालले कोरोना संक्रमितको चाप धान्न सक्ने अवस्था छैन ।  आधारभूत अस्पताल निर्माण गर्न सुनसरीका ५, मोरङका ७, झापाका १०, उदयपुरका ३, ओखलढुंगाका ७, सोलुखुम्बुका ५, खोटाङका ६, भोजपुरका ६, धनकुटाका ४ र तेह्रथुमका ५ संखुवासभाका ७, इलामका ७, पाँचथरका ६ र ताप्लेजुङका ६ वटा अस्पताल छानिएका थिए । 

स्थानीय तहका अस्पतालमध्ये ५ शय्याका २७ वटा, १० शय्याका १४ वटा र १५ शय्याका ४५ वटा अस्पताल बनाउने घोषणा गरिएको थियो । २ वर्षभित्रमा बनाइसक्ने लक्ष्यसहित सरकारले हतारहतार अस्पतालको शिलान्यास गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x