२८ जेठ २०८३, बिहीबार

मधेश प्रदेश नामप्रति असन्तुष्टि जनाउँदै जनकपुरमा जलाइयो सांसदहरूको पुत्ला

मधेश प्रदेश नामप्रति असन्तुष्टि जनाउँदै जनकपुरमा जलाइयो सांसदहरूको पुत्ला

मधेश प्रदेश नामकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरूले प्रदेश सांसदहरूको पुत्ला जलाएका छन् । 

२२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरूले त्यसको विरोधमा मंगलवार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दोहन गरेका हुनु ।

आठ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको युवा सुशील कर्णले बताए । उनले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै समेटिएर बनाइएको मधेश प्रदेश मान्य नहुने चेतावनी समेत दिए । 

त्यसक्रममा उनीहरुले मधेशी जनताको पहिचानमाथि नै खेलबाड गर्ने कार्य मधेश केन्द्रित दलहरूबाट भएको आरोपसमेत लगाएका छन् । पुत्ला दहन गरिरहँदा युवाहरूले ‘प्रदेश सांसद मुर्दावाद’, ‘८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौं’, ‘पहिचानसहितको मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ लगायतका नारा लगाएका थिए ।

यता प्रदेशको नामकरण मधेश प्रदेश र राजधानी जनकपुर भएको खुशीयालीमा मंगलवार (आज) सार्वजनिक बिदा दिइएको छ । त्यसैगरी मधेश सरकारले बलिदानी दिवसको अवसरमा बुधवार पनि प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । 

सोमवार प्रदेश सभामा भएको गोप्य मतदानपश्चात् प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम कायम भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्