१० साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

कोरोना संक्रमण बढेसँगै उपत्यकामा थप कडाइ, तत्काल लकडाउन नहुने

कोरोना संक्रमण बढेसँगै उपत्यकामा थप कडाइ, तत्काल लकडाउन नहुने

कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा थप कडाइ गरिएको छ । दिनहुँ देशभरका संक्रमितमध्ये काठमाडौं उपत्यकामै आधा हुन थालेपछि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुले थप कडाइ गर्ने उद्देश्यसहित मंगलबार स्मार्ट लकडाउनसम्बन्धी आदेश जारी गरेका हुन् ।

जसमा भेला, सभा, सम्मेलनलगायतमा माघ मसान्तसम्म रोक लगाइएको छ भने धार्मिक स्थलमा नित्य पूजापाठबाहेकका गतिविधिमा बन्देज लगाइएको छ । यस्तै बिबाह, ब्रन्तबन्धलगायतका सामाजिक कार्यमा ५० जना भन्दा बढी सहभागी हन नपाउने, गाडीमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, विदेशबाट आउने अनिवार्यरुपमा क्वारेन्टिन बस्नुपर्ने, सार्वजनिक स्थलमा जाँदा खोप कार्ड देखाउनुपर्नेजस्ता व्यवस्था गरिएको छ । स्थानीय प्रशासनको नयाँ आदेश गएराति मध्यरातिदेखि नै लागू भइसकेको छ । केहीको हकमा भने माघ ७ देखि लागू हुनेछ ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तत्काल बन्दाबन्दी गर्ने पक्षमा भने सरकार नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताएका हुन् । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उनले बताए ।
००००
पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ नमूना परीक्षणमध्ये ८७३० पीसीआर र १५२८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६२४ छ ।
मन्त्रालयका अनुसार थप ५६२ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३९ हजार ४४ सक्रिय संक्रमित छन् ।
००००
मधेश प्रदेश नामकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरूले प्रदेश सांसदहरूको पुत्ला जलाएका छन् ।
२२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरूले त्यसको विरोधमा मंगलवार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दोहन गरेका हुन् ।
००००
सर्वोच्च अदालतका केही न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै अदालतले आगामी दुई हप्ता (माघ ५ देखि १८ गते) विभिन्न सेवाहरूमा कटौती गरेको छ ।
००००
सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरू आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।
००००
सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ ।
आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्