२२ जेठ २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा आजदेखि लागू भयो निषेध आदेश, के–के गर्न पाइँदैन ?

काठमाडौं उपत्यकामा आजदेखि लागू भयो निषेध आदेश, के–के गर्न पाइँदैन ?

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आजदेखि  आमसभा, जुलुस वा भेला हुने क्रियाकलाप केही समयका लागि रोकिएको छ ।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीन जिल्लाहरूले नयाँ निषेध आदेश जारी गरेका हुन् । 

आजदेखि लागू गरिएको निषेध आदेशअनुसार सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्मलाई रोक लगाइएको छ ।

यस्तै गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न पनि प्रशासन कार्यालयहरूले निर्देशन जारी गरेका छन्। 

नयाँ आदेश अनुसार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालनमा रोक लगाइएको छ। 

विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने पनि जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख छ। 

salt training

कमेन्ट गर्नुहोस्