जेठ ७, २०७९
ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ५३ हजार ७०९ मत गन्दा महर्जनले २७ हजार २४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ ह...
बुटवल | माघ ५, २०७८
लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेशसभा बैठक अवरुद्ध गर्न थालेको ६ महिना पुग्यो ।
नयाँ सरकार बनेपछि २०७८ भदौ १ गते आह्वान भएको नवौं अधिवेशनदेखि हालसम्म १२ पटक बैठक बोलाइयो । ती सबै बैठक एमालेले अवरुद्ध गर्दै आएको छ ।
साउन २८ गते लुम्बिनीमा नयाँ सरकार बनेपछि दलहरूबीच तिक्तता बढेको हो । माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसी साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर एमालेले सूर्य चिह्नबाट चुनाव जितेका सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ । सांसदहरू अजय शाही र विमलाकुमारी वलीलाई पदमुक्त गर्नुपर्ने एमालेको माग छ ।
एमालेले शाही र वली (हाल मन्त्री) लाई पार्टीले कारवाही गरिसकेकाले ‘गैरसांसदको संज्ञा’ दिँदै आएको छ । हरेक बैठक शुरू हुने बित्तिकै एमालेका सांसदहरू वेल घेर्न पुग्छन् र नारा लगाउँछन्, ‘सभामुख मुर्दावाद ! वली र शाहीलाई पदमुक्त गर !’
यसरी लुम्बिनी प्रदेशसभा राजनीतिक भूमरीमा परेको छ । जसले गर्दा सरकार गतिहीन देखिएको छ भने लगातारको संसद अवरोधले जनताको आवाज समेत ओझेलमा परेको छ ।
संसदीय अन्योलबीच लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन शुरू गर्ने तयारी प्रदेश सरकारको छ । हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि हो ।
कांग्रेसले माओवादी केन्द्र र आफूहरूबीच सत्ता सहयात्रा गर्दा सरकारको नेतृत्व ८/८ महिना गर्ने सहमति गरिएको कुरा कोट्याउन थालेको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्विन खाँनले एमालेको माग जायज र लोकतान्त्रिक नभएको बताए ।
तत्कालीन नेकपा हुँदा सूर्य चिह्नबाट निर्वाचित सांसद वलीले माओवादी रोजेकी छन् भने सूर्य चिह्नबाट निर्वाचित शाहीलाई सभामुख पूर्णबहादुर घर्तीले स्वतन्त्र सांसदको हैसियत दिएका छन् ।
अर्को महिना हाम्रो नेतृत्वमा सरकार बन्छ : खाँन
‘एमालेका कारण संसद गन्तव्यहीन बन्न पुगेको छ,’ नेता खाँनले लोकान्तरसँग भने, ‘एमालेले संसदलाई निकास दिनुपर्छ । एउटै इस्यूमा सधै अवरोध न्यायोचित होइन । अब माओवादी र हाम्रो भद्र सहमतिअनुसार अर्को महिना सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्छ । फागुनमा हाम्रो नेतृत्वमा लुम्बिनी सरकार बन्ने कुरा माओवादी र हामीबीच सहमति भएको हो ।’
खाँनले थपे, ‘सार्वभौमसत्ताको प्रयोग गर्ने थलोलाई आफ्नो स्वार्थ पूरा गर्ने नाममा जनताको भ्वाइस ओझेलमा पार्ने काम भयो ।’ कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियालाई मुख्यमन्त्री बनाउने कांग्रेसले बताउँदै आएको छ ।
आफ्ना स्वार्थलाई अघि सार्ने प्रवृत्ति सबैजसो दलका नेतामा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा देखिँदै आएको छ । एमालेका कारण लुम्बिनीको राजनीति जेलिएको छ । जेलिएको राजनीतिबाट निकास नदिएसम्म संसद्ले कार्यदिशा पक्रिन सक्ने अवस्था नभएको संसद सचिवालयका कार्मचारीहरू बताउँछन् ।
एमाले सांसद बैठक अवरुद्ध गरेर भत्ता बुझ्छन्
तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकार हटेपछि एमालेले बैठक अवरूद्व गर्दै आएको छ तर एमाले सांसदहरूले प्रदेशसभा चल्न नदिए पनि बैठक बसेबापत प्राप्त गर्ने भत्ता र यातायात खर्च बुझ्दै आएका छन् ।
कूल ९ दिनमा १२ वटा बैठक बसेका छन् । भदौ ७ गते तेस्रो र चौथो, असोज २० गते छैठौं, सातौं र आठौं बैठक बसेको थियो । ५ वटा बैठक २ दिनमा बसेकाले सांसदहरूको हाजिर अभिलेख २ दिन नै हुने गर्छ । त्यसबापत प्रतिबैठक ८५० (कर कट्टी) र यातायात खर्चबापत ५०० रुपैयाँ प्रतिसांसदले बुझेका छन् ।
यातायात खर्च प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सभामुख, उपसभामुख, विषयगत समितिका सभापति र दलका नेतालाई दिइँदैन । त्यसबाहेक अन्य सांसदलाई प्रतिबैठक यातायात खर्चबापत ५०० रुपैयाँ दिइँदै आएको छ ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले बैठकमा आउनासाथ हाजिर हुने र हाजिर अनुसारको भत्ता, यातायात खर्च सांसदहरूको खातामा पठाउने गरिएको बताए ।
‘बैठकमा नाराबाजी भयो, बहिष्कार भयो त्यो विषय अर्कै भयो तर सभामा आए अनुसारको बैठकमा उपस्थिति भएपछि भत्ता रकम दिने हो । हामीले त्यसैगरी भत्ता उहाँहरूकै खातामा पठाएका हौं,’ उनले भने ।
एमाले नेताहरू लिला गिरी, भोजप्रसाद श्रेष्ठ, कृष्णप्रसाद पौडेल, विष्णु पन्थी, जाल्पा भुसाल, कमलादेवी विक, बाबुराम गौतम, विमला पन्थी लगायतका नेताहरू सभा सञ्चालन भएका कूल ९ दिन नै संसदमा पुगेका छन् । उनीहरूले भत्ता र यातायात खर्च बापतको रकम ९ दिनकै बुझेका छन् ।
नवौं अधिवेशनका १२ वटा बैठकमध्ये एउटा मात्र बैठकमा एमाले संसदीय दलका नेता शंकर पोखरेल उपस्थित भएका छन् । मुख्यमन्त्री पदबाट हटेपछि नवौं अधिवेशनको सभाको ११औं बैठकमा कात्तिक २८ गते उनी उपस्थित भएका छन् ।
नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनमा ७ पटक बैठक बहिष्कार गरेको छ । सभाको तेस्रो बैठकको शुरूको सत्रमा नाराबाजी गरेको एमालेपछि बसेको दोस्रो सत्रको बैठक बहिष्कार गरेको थियो ।
सुशासनविद् खेमराज रेग्मीले नेतामा न्यूनतम नैतिकता पनि नभएको बताए । उनले कसैले पनि ज्याला लिँदा काम गरेर लिनुपर्ने भए पनि कामै नगरी ज्याला लिनु नैतिकहीन काम भएको बताए ।
‘काम नगरी खाने भनेको हुँदैन । नैतिकतामा भर पर्छ । राजनीतिक नेताले न्यूनतम नैतिकता पालना गर्नुपर्छ,’ उनले भने ।
सरकार प्रतिपक्षका कुरा सुन्नै चाहँदैन : ढकाल
नेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले सरकारले प्रतिपक्षका कुरा सुन्नै नचाहेको बताए । ‘सरकार संसदप्रति गम्भीर देखिँदैन । प्रदेशमा अनेक भ्रष्टाचार भएका छन्, संसदीय समिति निप्रभावी बनेका छन्,’ उनले भने ।
ढकालले सांसदको हैसियतले अरु कार्यमा सहभागी भएको बताउँदै यसलाई भत्तासँग जोड्न नहुने बताए । एमाले नेता वैजनाथ चौधरीले सभामुखले वली र शाहीलाई पदमुक्त नगर्दासम्म संसद चल्नै नदिने बताए ।
संसदका विषयमा सरकारको कमजोरी छैन : प्रवक्ता शर्मा
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले एमाले आफ्नो कुरामा टसको मस नहुँदा संसद बन्धकजस्तै बनेको बताए । ‘हामीले बारम्बार छलफल गर्न प्रयास गर्यौं । उहाँहरू २ सांसदको विषयमा सर्वोच्चमा जानुभएको छ । यता संसद पनि अवरोध गर्नुभएको छ । सर्वोच्चमा गएपछि किन संसदमा नाराबाजी गरेर संसद चल्न नदिने भन्या ?’ उनले सोधे ।
ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ५३ हजार ७०९ मत गन्दा महर्जनले २७ हजार २४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ ह...
चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजार मतको अग्रता कायम गरेकी छिन् । भरतपुर महानगरपालिकामा ८० हजार १० मत गणना हुँदा दाहालले ३१ हजार २४३ मत पाए...
बुटवल उपमहानगरपालिकाको एमालेबाट प्रमुख पदका प्रत्यासी बाबुराम भट्टराई आफूलाई साथ दिनेहरूलाई आभार व्यक्त गरेका छन् । आफू पराजित भए पनि देखाएको विश्वास र सहानुभूतिप्रति सम्मान व्यक्त गर्दै प्रमुखमा निर्वाच...
तनहुँको व्यास नगरपालिकाको मतगणना जारी रहँदा मेयरका उम्मेदवार काँग्रेसका बैकुण्ठ न्यौपाने २०४ मतको अग्रता बनाएका छन् । शनिबार राति साढे ९ बजेको अध्यावधिक विवरणअनुसार स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई उ...
तनहुँको ब्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले झिनो मतान्तरका साथ अग्रता बनाएका छन् । पूर्वमन्त्री गोविन्द राज जोशीका छोरा दीपकराजले ४५ मतको अग्रता बनाएका हुन् । एमालेसँग तालमेल गर...
मोरङको रंगेलीमा शुक्रवारदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन । रंगेली नगरपालिका वडा-७ को मतगणनाको क्रममा ९९ मत बढी फेला परेको भन्दै नेपाली कांग्रेसले प्रदर्शन गरेपछि गणना रोकिएको हो ।...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...