१९ असार २०८३, शुक्रबार

एकैपटक १८ हजार प्रहरी बढुवा हुँदै

एकैपटक १८ हजार प्रहरी बढुवा हुँदै

प्रहरीमा एकैपटक १८ हजार कर्मचारी बढुवा हुने भएका छन् । प्रहरी नियमावली-२०७१ को ९ औं संशोधनपछि पुस ३ गते राजपत्रमा प्रकाशित भएसँगै १८ हजार प्रहरी कर्मचारी बढुवा हुने भएका हुन् । 

प्रहरी नियमावली संशोधन गरेर प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्म तह विभाजन गरेपछि योग्य व्यक्ति बढुवा हुन लागेका छन् । 

प्रहरीमा प्रथम श्रेणीमा अब प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई), प्रहरी नायव निरीक्षक (सई) र द्वितीय श्रेणीमा प्रहरी सहायक निरीक्षक (असई) भएका छन् । 

तृतीय श्रेणीमा प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार र प्रहरी सहायक हवल्दारको पद सिर्जना भएको छ । 

श्रेणीविहीन अथवा कार्यालय सहयोगीमा प्रहरी नायव निरीक्षकको सेवा सुविधासरह ५ औं तहसम्म बढुवा हुँदैछन् ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार ४७ हजार ५३ प्रहरी जवानको ३३ प्रतिशत प्रहरी सहायक हवल्दार बढुवा हुने भएको छ । १४ हजार ९८९ जना हवल्दारको ३३ प्रतिशत वरिष्ठ हवल्दार बढुवा हुन लागेका छन् । 

४ हजार २९६ रहेका प्रहरी नायव निरीक्षकहरू वरिष्ठ सईमा २५ प्रतिशत बढुवा हुन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

‘यसरी सबै नियमावली संशोधनपछि बढुवा हुँदा १८ हजार प्रहरी कर्मचारीहरु बढुवा हुँदै हुनुहुन्छ,’ प्रवक्ता केसीले भने, ‘राजपत्रमा प्रकाशित भयो अब बढुवा प्रकृया अगाडि बढ्छ ।’

उनका अनुसार ३ महिनाभित्र बढुवा हुन योग्यता पुगेका सबै बढुवा भइसक्नेछन् । 

एउटा पदमा ८ वर्ष बिताएर घर फकैँदै गरेका प्रहरी जवानदेखि प्रहरी नायव उपरीक्षकले एकतह बढुवा भएका घर जान पाउने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्