बैशाख ३०, २०७९
स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ । दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजर...
प्रहरीमा एकैपटक १८ हजार कर्मचारी बढुवा हुने भएका छन् । प्रहरी नियमावली-२०७१ को ९ औं संशोधनपछि पुस ३ गते राजपत्रमा प्रकाशित भएसँगै १८ हजार प्रहरी कर्मचारी बढुवा हुने भएका हुन् ।
प्रहरी नियमावली संशोधन गरेर प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्म तह विभाजन गरेपछि योग्य व्यक्ति बढुवा हुन लागेका छन् ।
प्रहरीमा प्रथम श्रेणीमा अब प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई), प्रहरी नायव निरीक्षक (सई) र द्वितीय श्रेणीमा प्रहरी सहायक निरीक्षक (असई) भएका छन् ।
तृतीय श्रेणीमा प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार र प्रहरी सहायक हवल्दारको पद सिर्जना भएको छ ।
श्रेणीविहीन अथवा कार्यालय सहयोगीमा प्रहरी नायव निरीक्षकको सेवा सुविधासरह ५ औं तहसम्म बढुवा हुँदैछन् ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार ४७ हजार ५३ प्रहरी जवानको ३३ प्रतिशत प्रहरी सहायक हवल्दार बढुवा हुने भएको छ । १४ हजार ९८९ जना हवल्दारको ३३ प्रतिशत वरिष्ठ हवल्दार बढुवा हुन लागेका छन् ।
४ हजार २९६ रहेका प्रहरी नायव निरीक्षकहरू वरिष्ठ सईमा २५ प्रतिशत बढुवा हुन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
‘यसरी सबै नियमावली संशोधनपछि बढुवा हुँदा १८ हजार प्रहरी कर्मचारीहरु बढुवा हुँदै हुनुहुन्छ,’ प्रवक्ता केसीले भने, ‘राजपत्रमा प्रकाशित भयो अब बढुवा प्रकृया अगाडि बढ्छ ।’
उनका अनुसार ३ महिनाभित्र बढुवा हुन योग्यता पुगेका सबै बढुवा भइसक्नेछन् ।
एउटा पदमा ८ वर्ष बिताएर घर फकैँदै गरेका प्रहरी जवानदेखि प्रहरी नायव उपरीक्षकले एकतह बढुवा भएका घर जान पाउने भएका छन् ।
स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ । दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजर...
नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार...
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजबाट सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्ने २६ वर्षिय रञ्जित मण्डललाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ...
मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवाद हुँदा प्रहरी ९ राउण्ड हवाई फायर गरेको छ । बुधवार सोरु गाउँपालिका–३ भिईमा झडप भएको कर्णाली प्रदेशका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।&...
धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा १६ वटा मतपत्र बढी भेटिएपछि झडप भएको छ । मतपत्रको विषयमा झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी...
अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडीए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ । सुरक्षाकर्मीले अरु कर्मच...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...