बैशाख १२, २०७९
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्...
निर्वाचन आयोगले वैशाखमा निर्वाचन गर्नका लागि चुनावको मिति घोषणा गर्न दिएको समय शुक्रवार सकिँदैछ । पुस ३० गते सर्वदलीय बैठक राखेर आयोगले वैशाखमा स्थानीय तहको चुनाव गर्नका लागि माघ पहिलो साताभित्र चुनावको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेको थियो । आयोगले पहिलो दुई चरणमा गर्ने भए वैशाख १४ र २२ तथा एकै चरणमा गर्ने भए वैशाख २२ गते चुनाव गर्ने प्रस्ताव सरकारलाई पठाइसकेको छ ।
सामान्य अवस्थामा चुनाव गर्नका लागि १ सय २० दिन समय आवश्यक पर्ने आयोगले बताउँदै आएको छ । तर, राजनीतिक दलहरू तयार भए र सरकारले मिति घोषणा गरे सय दिनमा चुनाव गर्न सक्षम रहेको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने काम आयोगले गरिरहेको छ । कोरोना महामारीको जोखिमको पर्वाह नगरी लाखौं युवाले मतदाता नामावलीमा नाम लेखाएका छन् ।
चुनावको मिति घोषणाका लागि चौतर्फी दबाब परिरहेको समयमा सत्ता गठबन्धन र सरकार अलमल गरिरहेका छन् । स्थानीय तहका पदाधिकारीको कार्यकालबारे संविधानमै प्रस्ट व्यवस्था छ । वैशाखमा स्थानीय तहको चुनाव नभए संविधान कार्यान्वयनमा धक्का पुग्छ । विगतमा पनि स्थानीय निकायको चुनाव नगरी लामो समयसम्म कर्मचारीको भरमा छाडिएको थियो । जनप्रतिनिधिको अभावमा जनताका काम प्रभावित भए । भ्रष्टाचार पनि मौलायो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान उल्लंघन गर्दै स्वेच्छाचारी शासन चलाए भनेर कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको थियो । त्यही गठबन्धनको बलमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवाले सरकारको नेतृत्व लिएको ६ महिना पूरा भएको छ, किन्तु सरकारले उल्लेख्य काम गर्न सकेको छैन ।
वैशाखमा चुनाव सुनिश्चित गर्नुपर्नेमा गठबन्धनका केही दल स्थानीय तहको चुनाव पछि धकेलेर पहिला प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने लबिङ गरिरहेको बाहिर आएको छ । स्थानीय तहको चुनावपछि सार्नुमा राजनीतिक स्वार्थ लुकेको छ । प्रतिनिधि सभा चुनावमा तालमेल गरेर केही सीट सुरक्षित गर्ने ध्याउन्नमा गठबन्धनका केही दल लागेका छन् ।
कुनै दलको नाफा घाटालाई हेरेर स्थानीय तहको चुनावपछि धकेल्ने कुरा किमार्थ स्वीकार्य हुँदैन । लोकान्तरसँगको कुराकानीका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भनेका छन्– यो गठबन्धन संविधान कार्यान्वयनका लागि बनाइएको हो, जानीजानी संविधान उल्लंघन गरेर गठबन्धन कायम राख्नैपर्ने केही छैन ।
संविधान कार्यान्वयन गर्न बनेको गठबन्धनका सामु आवधिक निर्वाचन सार्ने कुरा लज्जाको विषय हो । कोरोना या अरू कुनै बहाना देखाएर वैशाखमा चुनाव नगर्नुको औचित्य पुष्टि हुने छैन । अहिले पिकमा पुगेको कोरोना संक्रमण त्यो बेलासम्म सामान्य अवस्थामा फर्किने जनस्वास्थ्यविद्हरूले बताएका छन् । कोरोना महामारीकाबीच अमेरिका र भारतमा चुनाव सम्पन्न भएका छन् । भारतमा अहिले पनि प्रान्तीय चुनाव भइरहेका छन् ।
स्थानीय तहलाई जनप्रतिनिधिविहीन हुन नदिन र संविधान कार्यान्वयनलाई प्रभावित हुन नदिन नागरिकस्तरबाट पनि सरकारमाथि दबाब सिर्जना गर्नुपर्छ ।
चुनाव सारेर गठबन्धनको आयु लम्ब्याउनु अराजनीतिक मात्र होइन, अनैतिक हुन्छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
तनहुँ सदरमुकाम दमौलीमा आइतवार भएको आगलागी नियन्त्रण गर्नका लागि काठमाडौंबाट हेलिकप्टर गएर पानी ओसार्नुपरेको दृष्य अलि अस्वाभाविक जस्तो देखियो । हेलिकप्टरमा पानी ओसारेर चार घण्टा लगाई बल्लतल्ल आगलागी न...
भर्खरै सम्पन्न चुनावको नतिजा बिर्साउने गरी सरकारले इन्धनमा फेरि भारी मूल्यवृद्धि गरेको छ । देश स्थानीय तह चुनावको नतिजाले रंगीन बनिरहेको समयमा भएको मूल्यवृद्धिबाट जनता ब्याकुल बनेका छन् । आइत...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) आजदेखि सातौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सबैभन्दा पहिला देश तथा विदेशमा रहनुहुने तपाईं आम पाठकप्रति शीर झुकाउन चाहन्छौं । लोकान्तरप्...
सर्वोच्च अदालतका आदेश/फैसला सितिमिति विवादमा आउँदैनन्, सर्वसाधारणले टिप्पणी गर्दैनन् । तर पछिल्लो समय अदालतका आदेशमा व्यापक जनगुनासो बढ्न थालेको छ । अदालतका आदेश विवादमा तानिन थालेको एउटा उदाहरण हो, निजगढ वि...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...