०६ साउन २०८३, बुधबार

राती ११ः ४० को अपडेटः ३ स्थानीय तहको नतिजा आउँदा एमाले अग्रस्थानमा, पछ्याउँदै कांग्रेस

कात्तिक २०, २०७४
राती ११ः ४० को अपडेटः ३ स्थानीय तहको नतिजा आउँदा एमाले अग्रस्थानमा, पछ्याउँदै कांग्रेस

काठमाडौं, १५असार— दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । ताजा अवस्थामा तीन स्थानीय तहको नतिजा आएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले १—१ स्थानमा जित हाँसिल गरेका छन् ।Major-party-Vote-Count
बझाङको काडा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्र धामीले ३९४ र उपाध्यक्षमा काँग्रेसकै कल्पना बोहरा ३९४ मतसहित विजयी भएका छन् ।

यसैगरी सोहि जिल्लाको मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कडायत दुई हजार १४२ र उपाध्यक्षमा भगवतीकुमारी बोहराले दुई हजार १८० मत ल्याई विजयी भएका छन् ।


यस्तै सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार डम्बर बहादुर बस्नेत अध्यक्षमा विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा माओवादीकै प्रमिला बस्नेत विजयी भएकी छिन्।
लोकान्तर समाचार कक्षमा प्राप्त जानकारी अनुसार अहिलेसम्म एमालेले ९२ स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेस ८४ स्थानमा अग्रता लिँदै एमालेलाई पछ्याउँदैछ । यस्तै नेकपा माओवादी केन्द्रले २६ स्थानमा अग्रता लिँदा संघीय समाजवादी फोरमले २ र लोकतान्त्रिक फोरमले ३ स्थानमा अग्रता लिएको छ । यस्तै अन्य दलले १० स्थानमा अग्रता बनाएका छन् ।
बुधबार प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगले एक साताभित्र सबै मतगणना सक्ने लक्ष्य लिएको छ ।

कमेन्ट गर्नुहोस्