२४ असार २०८३, बुधबार

बैंक लुटनेलाई १८ वर्ष कैद

कात्तिक २०, २०७४
बैंक लुटनेलाई १८ वर्ष कैद
पोखरा, १६ असार- कास्की जिल्ला अदालतले पोखरा र रौतहटका बैंकमा गोली हानी रकम लुट्ने अभियुक्तलाई कैद सजाए सुनाएको छ । पोखरामा रकम लुट्ने दुई जनालाई जनही १८ बर्ष र रौतहटका एकजनाले १५ बर्ष कैद सजाए पाएका हुन्, कान्तिपुरमा खबर छ ।arrest

जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले बिहीबार तीनैजनालाई जनही ४७ लाख १३ हजार रुपैयाँ जरिवानाको पनि फैसला गरेको छ । रौतहटका सुशीलकुमार दुलाल र रोल्पा घोडागाउँका विकल्प भनिने विजय केसीलाई १८/१८ वर्ष र सिन्धुलीका नारायण राईलाई १५ वर्ष जेल सजाय भएको हो । तीनै जनाविरुद्ध ज्यानमार्ने उद्योग, डाँका चोरी, जबर्जस्ती चोरी र हातहतियार तथा खरखजना मुद्दा दायर भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्