२० असार २०८३, शनिबार

कांग्रेसः माघ १५ गते हुने भनिएको बाँकी १६ जिल्लाको निर्वाचन स्थगित

कांग्रेसः माघ १५ गते हुने भनिएको बाँकी १६ जिल्लाको निर्वाचन स्थगित

बाँकी रहेका १६ जिल्लामा माघ १५ गते गर्ने भनिएको कांग्रेसको जिल्ला निर्वाचन स्थगित भएको छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको निर्वाचन गर्ने कार्यतालिका हाललाई स्थगित गर्ने निर्णय गरेको हो । 

कोरोनाको जोखिम न्यूनीकरण तथा आम जनजीवन सामान्य बन्दै गएपछि ती १६ जिल्लामा तत्काल निर्वाचन गर्ने निर्वाचन समितिले जनाएको छ । 

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा निर्वाचन हुन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्