३१ असार २०८३, बुधबार

तोैल घटाउने हो ? यस्तो चिया पिउनुस् !

माघ ७, २०७८
तोैल घटाउने हो ? यस्तो चिया पिउनुस् !

तौल घटाउनका लागि मानिसहरू अनेक किसिमका डाइट लिन्छन् र जिममा गएर व्यायाम गर्छन् । तर कोरोनाका कारण जिमहरू बन्द भइरहेका छन् ।

यस्तो अवस्थामा घरैमा योगाभ्यास गर्ने अनि स्वस्थकर चिया पिउने गर्दा तौल नियन्त्रणमा रहन्छ । यहाँ हामी इम्युनिटी बढाउने र तौल घटाउने चियाको कुरा गर्दैछौं । 

कालो चिया

दिनको एक वा दुई कप चिया पिउने गर्नुभयो भने शरीरको बोसो डढ्छ । यसले थकान र सुस्तता हटाएर दिनभरि फुर्तिलो पनि बनाउँछ । 

ग्रीन टी

तौल घटाउन र स्वास्थ्य राम्रो बनाउन ग्रीन टी वरदान सरह हुन्छ । दिनको एक वा दुई कप ग्रीन टी पिउनुभएमा शरीरमा रक्तसञ्चार सुचारु हुन्छ । अनि कोलेस्ट्रोल लेभल घटेर मुटुको समस्या पनि हुन पाउँदैन । इम्युनिटी बूस्ट भएर रुघाखोकी र मौसमी रुघाखोकीको खतरा पनि घट्छ । 

लेमन टी

कागती राखेको चिया तपाईंले अवश्यै पिउनुभएको होला । कागती तौल घटाउनका लागि अचुक औषधि हो । यसमा भएको भिटामिन सी र एन्टीअक्सिडेन्टले इम्युनिटी बूस्ट हुन्छ । अनि यसले शरीरमा जमेको अतिरिक्त बोसो पनि डढाइदिन्छ । 

ऊलोङ चिया

यो चियाका बारेमा तपाईंलाई त्यति धेरै जानकारी नहोला । चीनमा पाइने यो चिया पिउँदा अतिरिक्त बोसो डढ्छ । हाई सुगर लेभल भएका मानिसलाई पनि यो चियाले फाइदा गर्छ । तौल घटाउन यो चिया प्रभावकारी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्