×

NMB BANK
NIC ASIA

कला

छ्वालीमा 'जीवन भर्ने' चार्ली

माघ ९, २०७८

NTC
Premier Steels

भक्तपुरको सूर्यविनायक बस्ने २३ वर्षीय रोशन बानियाँ (चार्ली) गहुँको छ्वालीबाट आकर्षक चित्र बनाउँछन् ।

Muktinath Bank

सानैदेखि विभिन्न चित्र कोर्ने गरेका चार्लीले गहुँको छ्वालीबाट चित्र बनाउन थालेको झण्डै ४ वर्ष हुन लाग्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सबैले मेरो कलालाई एकदम धेरै माया गरिदिनुभएको छ, यही नै मेरा लागि सबैभन्दा ठूलो कुरा हो’, लोकान्तरसँग चार्लीले भने ।


Advertisment
Nabil box
Kumari

Vianet communication

आफ्नो एक साथी र विभिन्न अनलाइन माध्यमबाट यो कला सिकेका उनले कुनैदिन चित्र बेचेरै कमाउँछु भनेर सोचेका रहेनछन् ।

कम खर्च, बढी मेहनत लाग्ने यो चित्रकारितामा गहुँको छ्वाली, ब्लेड, गम, कागजजस्ता वस्तुहरूको प्रयोग हुने गर्छ ।

आमाबुवा, दाजु, आफु र भाइ गरी उनको ५ जनाको परिवार छ ।

बुवा औषधि उद्योगमा काम गर्छन् भने आमा उनलाई नै सहयोग गर्छिन् ।

१२ कक्षाको पढाइपछि उनी आईटीअन्तर्गत इथिकल ह्याकिङको स्नातक (डिप्लोमा) तहमा भर्ना भएका थिए ।

व्यक्तिगत र देशव्यापी लकडाउनका कारण पढाइलाई निरन्तरता दिन नपाएका चार्ली पढ्ने इच्छा भने अझै रहेको बताउँछन् ।

शुरूआत र निरन्तरता

एकदिन आफ्नो साथीले यस्तो चित्र बनाउँदै गरेको देखेपछि चार्लीलाई पनि सिक्ने इच्छा जाग्यो ।

विभिन्न अनलाइन मिडियामा खोजी गरेर उनले पनि यो कला सिक्न थाले । शुरूका दिनमा उनी विभिन्न चराका चित्र बनाउने गर्थे । विस्तारै उनले मान्छेको पनि चित्र बनाउन सकिन्छ कि भनेर प्रयास गर्न थाले । 

पहिलो चित्र ‘मिस नेपाल २०१८’ श्रृंखला खतिवडाको बनाएको उनी बताउँछन् ।

त्यस चित्रबाट अत्यन्तै राम्रो प्रतिक्रिया पाएपछि उनलाई अझै अगाडि बढ्न हौसला मिल्यो ।

देशमा विभिन्न सामाजिक योगदान दिइरहेका व्यक्तिको चित्र बनाउँदा उनलाई गौरव महशुस हुने रहेछ ।

पहिलोपल्ट ‘ह्याकर मास्क’को चित्र ७५० रुपैयाँमा बेचेका उनले आफ्नो कलालाई व्यावसायिकता दिन थाले ।

‘अहिले एक महिनामा औसत १० देखि १२ वटासम्म अर्डर आउछ । आफ्नो व्यक्तिगत खर्च सँगै अहिले पारिवारिक खर्चमा पनि मद्दत गर्छु,’ चार्लीले भने ।

यी चित्रहरूको न्यूनतन मूल्य उनले ३००० रुपैयाँ राखेका छन् ।

चित्र बनाउन लाग्ने समय र चित्रको कम्प्लेक्सिटी (जटिलता) का आधारमा मूल्य बढ्दै जाने उनले बताए ।

अहिलेसम्म २ सयभन्दा बढी चित्र बनाइसकेका उनी सबैबाट आफू र आफ्नो कलाले पाएको मायाबाट अत्यन्तै प्रेरित भएको पनि बताउँछन् ।

कसरी बन्छ त एउटा पूर्ण तस्वीर ?

चार्लीका अनुसार पहिला गहुँको छ्वाली ल्याएर त्यसलाई राम्रोसँग धोइन्छ । 

एक साधारण बोरामा जम्मा १५% प्रयोगयोग्य छ्वाली हुन्छ । सुकिसकेको छ्वाली काटेर त्यसलाई स–साना ‘सुइरो’मा ढालिन्छ । त्यसपछि सुइरोहरूलाई बीचबाट चिरेर आइरनको सहायताले सिधा बनाइन्छ ।

यदि कुनै ठाउँमा गाढा रंग चाहिने छ भने उनले छ्वालीलाई आइरनको सहायताले डढाएर प्रयोग गर्छन् ।

एउटा कडा कागजमा खेस्रा कोरेर पहिला काटेको छ्वालीलाई गमको सहायताले त्यसमा टाँसिन्छ ।

विस्तारै सबै टाँसिसकेपछि एउटा पूर्ण चित्र तयार हुन्छ ।

यो सबै प्रक्रिया एकदमै ध्यान केन्द्रित गरेर पूरा गर्नुपर्ने उनले बताए ।

तीता-मीठा अनुभव

कहिल्यै आफू कलाबाट चिनिन्छु र यसलाई व्यावसायिक बाटोमा अघि बढाउँछु भन्ने नसोचेका उनी अहिले यसलाई आफ्नो जीवनवृति बनाउन सकिन्छ भन्नेमा पुगिसकेका छन् ।

‘अहिले देशबाट मात्र नभएर विदेशबाट पनि अर्डरहरू आउँछन् । उहाँहरूले काम मन पराइदिएर अझै अरू पनि काम ल्याइदिन्छु भन्ने र ल्याइदिने पनि गर्नुभएको छ । यसैबाट अझै राम्रो गर्नु पर्छ भन्ने हिम्मत मिल्छ’ चार्लीले लोकान्तरसँगको संवादमा भने ।

अस्ति मात्र एकजनाले आफ्ना स्वर्गीय बुवाको चित्र बनाइदिन भने ।

‘चित्र पाएपछि उहाँले आफ्नो बुवा नै यहीँ हुनुहुन्छ जस्तो लाग्यो भनेर भन्दा मलाई एकदमै खुशी लाग्यो,’ उनले सुनाए ।

राम्रा मात्र नभएर केही नमीठा अनुभव पनि उनीसँग छन् ।

‘कतिपय ग्राहक अर्डर गरेर चित्र बनाइसकेपछि सम्पर्कमा आइदिनुहुन्‍न । त्यस्ता चित्रहरू फेरि अरूलाई बेच्न पनि मिल्दैन’, उनी भन्छन् ।

यस्तै तीता र मीठा अनुभव समेटेर अघि बढेका चार्ली निरन्तर प्रयासले हरेक चुनौती पार गर्न सकिने बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x