२४ असार २०८३, बुधबार

स्वास्थ्यकर्मीद्वारा प्रधानमन्त्रीलाई १४ बुँदे ज्ञापनपत्र

स्वास्थ्यकर्मीद्वारा प्रधानमन्त्रीलाई १४ बुँदे ज्ञापनपत्र

कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन)को सङ्क्रमण बढिरहेका बेला झापाका स्वास्थ्यकर्मीले १४ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ झापाका अध्यक्ष भरत खतिवडाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले जिल्ला प्रशासन कार्यालय झापामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

उनीहरुले आमिक्रोन भेरियन्ट समुदायस्तरमै तीव्ररूपमा फैलिइरहेकाले अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र नियमित तथा महामारीसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्न सक्रियताका साथ सरकारी संयन्त्र परिचालन हुनुपर्ने माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बुझाइएको ज्ञापनपत्रमा सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने, सो सुविधा उपलब्ध नगराउने संस्थालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा सङ्क्रमित भएका सबै स्वास्थ्यकर्मीका लागि सुविधायुक्त आइसोलेसनको व्यवस्था गर्नुपर्ने, सङ्क्रमित स्वास्थ्यकर्मीको निःशुल्क उपचार गर्नुपर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीको यथाशीघ्र बीमाको व्यवस्था गरिनुपर्ने उल्लेख छ ।

सङ्घका केन्द्रीय सदस्य डम्मरबल्लभ मिश्रले सरकारले कोभिड–१९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने भनेको जोखिम भत्ता हालसम्म पनि पूरा उपलब्ध नगराएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्