
यमनी जेलमा भएको हवाई हमलामा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएका छन् । रातिको समयमा जेल लगायतका स्थानमा भएका हवाइ आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएका अनुमान गरिएको उद्धारकर्ताहरूले शुक्रबार बताएका हुन् ।
यमनस्थित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रवक्ता बाशीर उमरले हुथी विद्रोहीको प्रभाव क्षेत्रमा रहेको सादा सहरमा भएको आक्रमणमा धेरै व्यक्ति सख्त घाइते भएकाले मृतक सङ्ख्या थप बढ्न सक्ने अस्पताल स्रोतले जानकारी दिएको छ ।
“सादा सहरमा रहेका दुई अस्पतालमा कम्तीमा १०० भन्दा बढीको मृत्यु भएको वा घाइते भएको भन्ने प्रारम्भिक सूचना आईसीआरसीले प्राप्त गरेको अस्पतालको तथ्याङ्कलाई उद्धृत गर्दै प्रवक्ता उमरले उल्लेख गरे ।