२२ असार २०८३, सोमबार

बोले सीके राउत, मेरो हत्याको धम्की सरकारकै आधिकारिक घोषणा मान्नुपर्ने भयो

बोले सीके राउत, मेरो हत्याको धम्की सरकारकै आधिकारिक घोषणा मान्नुपर्ने भयो

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफूलाई ज्यान मार्ने धम्की आएको ४८ घण्टा बित्दासमेत सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गौर हत्याकाण्डमा झैं ज्यान मार्ने धम्की दिएपनि मन्त्रिपरिषद्बाट कुनै स्पष्टीकरण नआउनुले सरकारकै आधिकारिक धारणा मान्नुपर्ने भएको बताएका छन् ।
‘गौरकाण्ड झैं नरसंहार गरिदिने र घेराऊ हालेर हत्या गरिदिने संघीय मन्त्रीको घोषणाको ४८ घण्टा बितिसक्दा पनि मन्त्रिपरिषद्‍बाट कुनै स्पष्टीकरण नआएपछि यसलाई नेपाल सरकारकै आधिकारिक घोषणा मान्नै पर्ने भयो’, उनले ट्वीटरमार्फत कटाक्ष गरेका छन् ।
उनले प्रहरीबाट सुरक्षाको आश नभएको बताउँदै भनेका छन्, ‘अब आफ्नो आत्मरक्षा गर्दा कसैले आपत्ति नमान्नुहोला।’ मन्त्रीको अभिव्यक्तिको चौतर्फी आलोचना हुँदै आएको छ भने सरकारले यसबारे अहिलेसम्म केही बोलेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्