
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘बहुदलीय जनवाद’को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गरिरहेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले संसद अवरुद्ध गर्नु र सर्वदलीय बैठक बहिष्कार गर्नु एकदलीय सर्वसत्तावादको अभ्यास भएको तर्क गरे ।
उनले लेखेका छन्, ‘विना कारण ६ महिनादेखि संसद अवरूद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्व हुन् । नबिर्सौं हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो !’