१–२ सर्प देख्दा पनि कतिपय मान्छे डराउँछन् तर एकै व्यक्तिलाई सय बढी सर्पले घेरेपछि के होला ?
अमेरिकाबाट यस्तै घटना सार्वजनिक भएको छ । अमेरिकाको मेरील्यान्डमा एक व्यक्तिलाई सय बढी सर्पले घेरेको घटना सार्वजनिक भएको छ ।
घरभित्रै रहेका ती व्यक्ति बाहिर नदेखिएपछि छिमेकीले हेर्न खोज्दा सर्पहरू देखेका थिए । सर्प देखेपछि छिमेकीले प्रहरीलाई खबर गरे ।
प्रहरी आएर हेर्दा ती व्यक्ति सर्पले घेरिएका थिए । प्रहरीले सर्पलाई पन्छाएर मान्छेलाई हेर्दा ४९ वर्षीय ती व्यक्तिको मृत्यु भइसकेको भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो भने सबै सर्पलाई नियन्त्रणमा लिएको थियो ।