२० असार २०८३, शनिबार

वालिङमा कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

वालिङमा कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । 

नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए । 

'विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ,' उनले भने, 'अस्पतालकै क्यान्टिनबाट निःशुल्क खाना, नास्ता र अस्पतालबाट उपलब्ध हुने औषधिसहित उपचारलाई निःशुल्क गर्ने व्यवस्था मिलाएका छौँ ।'

कोभिड–१९ को सङ्क्रमण दर बढ्दै जाँदा नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा ५० शय्यासहित अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य उपकरणहरु र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्