१० साउन २०८३, आइतबार
बढ्दै कोरोना संक्रमण

कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, थपिए १० हजार बढी संक्रमित

कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, थपिए १० हजार बढी संक्रमित

पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ नमूना परीक्षणमध्ये ८२१२ पीसीआर र २०४२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । 

हालसम्मको मृत्यु संख्या ११ हजार ६५१ छ । 

मन्त्रालयका अनुसार थप ७०८ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख २० हजार २८३ पुगेको छ । 

हाल मुलुकभर ७२ हजार ८६२ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्