
सुनसरीमा श्रीमती हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरबार प्रहार गरी हत्या गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोलका ३२ वर्षीय लालुप्रसाद उराउलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।
लालुले आफ्नै श्रीमतीलाई तरबार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।