०६ असार २०८३, शनिबार

दुई युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

दुई युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

दुई युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा रूपन्देही प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । 

रुपन्देहीका सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार शुक्रवार राति लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, पिपराका २० वर्षीय गणेश यादव र सोही ठाउँका २६ वर्षीय सुवास यादवलाई पक्राउ गरिएको हो । 

दुवै जनाले २२ वर्षीया र १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । 

जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको टोलीले युवतीहरूको उद्धार गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्