२७ असार २०८३, शनिबार

तथ्यलाई ढाकछोप गर्ने प्रधानमन्त्री देउवाको प्रयास

माघ ९, २०७८
तथ्यलाई ढाकछोप गर्ने प्रधानमन्त्री देउवाको प्रयास

 मुलुकको अर्थतन्त्र संकग्रस्त अवस्थामा धकेलिरहेका बेला अर्थतन्त्र ‘ठीकठाक’ रहेको आशयका साथ सरकारको बागडोर सम्हालिरहेका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले हालै देशवासीका नाममा सम्बोधन गरेका छन् । तथ्यलाई ढाकछोप गर्दै उनी लय छाडिसकेको अर्थतन्त्रको बचाउमा उत्रिएका हुन् ।

स्वायत्त निकाय नेपाल राष्ट्र बैंक, नेपालको ठूलो दातृ निकायका रूपमा रहिआएको विश्व बैंकले मुलुकको अर्थतन्त्र र आर्थिक सूचकांक सकारात्मक नरहेको तथ्य बाहिर ल्याए पनि सरकारले ६ महीना पूरा गरेको अवसरमा प्रधानमन्त्री देउवाले हालै देशवासीको नाममा सम्बोधन गर्दै मुलुकको अर्थतन्त्रमा सुधार भएको दाबी गरे ।

बितेको ६ महीनामा आर्थिक क्रियाकलापमा अपेक्षित सुधार भएको, निर्यातमा बढिरहेको तथा अर्थतन्त्रका सूचकहरू सुधारात्मक रहेको बताए पनि अर्थतन्त्रका विद्यमान समस्या र चुनौतीबारे उनको सम्बोधनले कतै छुँदै छोएन ।

प्रधानमन्त्री देउवाले चालू आवको आर्थिक वृद्धिदर गतवर्षको भन्दा माथि रहने दाबी गरे। नेपालको ठूलो दातृ निकाय विश्व बैंकले गतवर्ष १ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त भएको अनुमान गरेको थियो  । र, चालू आर्थिक वर्षमा पनि ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ । सरकारले बजेटमार्फत चालू वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने बताएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले बारम्बार लक्ष्य पूरा हुने दाबी प्रस्तुत गर्दै आएका छन् । तर, चालू आर्थिक वर्षको आधा समय बितिसक्दा पनि विकासलक्षित पूँजीगत खर्च १४ प्रतिशतको हाराहारी मात्रै छ । यसले गर्दा बजेटले तोकेको लक्ष्यअनुसार आर्थिक वृद्धिदर प्राप्त नहुने निश्चित छ ।

नेपाल राष्ट्र बैंकले चालू वर्ष सरकारले अपेक्षा गरेको आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुनै मुश्किल रहेको बताउँदै आएको छ । आर्थिक अभियान दैनिकमा विजय दमासेले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्