
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।
आईपीएलले शनिवार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जनाएको छ ।
नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले मात्र आईपीएल खेलेका छन् ।
नयाँ सिजनको आईपीएलका लागि अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् ।
अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ ।
आगामी संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
