×

NMB BANK
NIC ASIA

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

माघ ९, २०७८

NTC
Premier Steels

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरुलाई  कोरोना पुष्टि भएको हो ।

Muktinath Bank

भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई  सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख चिकित्सक सागर घिमिरेले जानकारी दिए। स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण नियमित भइरहेको छ । यस्तै सुत्केरी सेवा पनि नियमित सञ्चालन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत चार मध्ये तीन जनालाई पनि कोरोना पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएकाहरुलाई ज्वरो आउने, टाउको भारी हुने, खोकी लाग्ने, जीउ दुख्ने, नाकबाट लगातार सिँगान बगिरहने र घाँटी खसखस हुने जस्ता लक्षण देखिएका छन् । शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत १४  कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ ।  सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । शुक्रबारदेखि अर्को निर्णय नभएसम्मका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले जानकारी  दिए ।


Advertisment
Nabil box
Kumari

शुक्लागण्डकी–४ दुलेगौडा बजारमा रहेको खैरेनीटार स्वास्थ्यचौकीमा कार्यरत छ जना स्वास्थ्यकर्मी पनि कोरोना सङ्क्रमित भएका छन् । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने भएकाले कर्मचारी र स्वास्थ्यकर्मी बढी सङ्क्रमित भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । समुदायस्तरमै कोरोना फैलिरहेको उनको अनुमान छ ।

Vianet communication

आँबुखैरेनी गाउँपालिकाका १४ कर्मचारी र स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको छ । कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएपछि गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । समुदायस्तरमा परीक्षणको दायरा बढाउने हो भने अधिक सङ्क्रमित भेटिने स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लामा ४२  स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ ।  हाल जिल्लामा तीन सय ८९  सक्रिय सङ्क्रमित छन् । गत वैशाखयता जिल्लामा पाँच हजार ७१२ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २५१ निको भए । वैशाखयता मात्रै एक ३० जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x