०८ साउन २०८३, शुक्रबार
लापरबाहीले दुर्घटना

स्काभेटरले काम गरिरहँदा जीपमाथि ढुंगा खस्यो, तीन जनाको मृत्यु

स्काभेटरले काम गरिरहँदा जीपमाथि ढुंगा खस्यो, तीन जनाको मृत्यु
तस्वीरः सामाजिक सञ्जाल

ओखलढुंगामा आइतवार जीपमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ का १० वर्षीय युस कोइराला, ७ वर्षीया युनिसा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ का ३० वर्षीय हेम मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए । 

मानेभञ्ज्याङबाट सदरमुकाम जाँदै गरेको को १ ज ३५६९ नम्बरको जीप सिद्धिचरण नगरपालिका–३ मा दुर्घटना भएको हो । 

स्काभेटरले काम गरिरहेका बेला ढुंगा झरेर जीपमा लागेको प्रहरी निरीक्षण पोखरेलको भनाइ छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्