२५ असार २०८३, बिहीबार

ओलीको आरोप- एमसीसीबारे गठबन्धनका नेताले अमेरिकीसँग एकथरी र कार्यकर्तासँग अर्कै कुरा गरेका छन्

ओलीको आरोप- एमसीसीबारे गठबन्धनका नेताले अमेरिकीसँग एकथरी र कार्यकर्तासँग अर्कै कुरा गरेका छन्

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सत्ता गठबन्धनले जनतालाई दिग्भ्रमित पार्ने काम गरेको आरोप लगाएका छन् । 

हिजो आफैंले गरेको हस्ताक्षर ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि कार्यदल बनाउने हास्यास्पद काम गरेको ओलीको भनाइ छ । आइतवार विभिन्न विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै ओलीले एमसीसीबारे गठबन्धनका नेताहरूले द्वैध भूमिका खेलिरहेका आरोप लगाएका हुन् । 

‘अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा सत्ता गठबन्धनकै नेताहरूले दिइरहेका विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेका छन् । अमेरिकी अधिकारीहरूसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरूले द्वैध भूमिका खेलिरहेका छन् र जनतालाई दिग्भ्रमित पारिरहेका छन्,’ ओलीले भनेका छन्, ‘उनीहरूले हिजो आफैंले हस्ताक्षर गरेको सम्झौता ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि अध्ययन कार्यदल बनाउने जस्ता हास्यास्पद र कच्चा काम गरिरहेका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्