२४ जेठ २०८३, आइतबार

यी हुन् उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी अधिकारीहरू

यी हुन् उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी अधिकारीहरू

सशस्त्र प्रहरी बल स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरूमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारीहरू घोषित भएका छन् । 

उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरू डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, डीएसपी रविन भुजेल, प्रहरी निरीक्षकहरू शैलेन्द्र थापा, सुवर्ण पोखरेल र गान्धरकुमार चौलागाईं छन् । 

बढ्दो कोरोनाका कारण यसपटक केन्द्रमा सशस्त्र प्रहरीको मुख्यालय र काठमाडौं उपत्यकाका इकाइहरूबाट उत्कृष्ट घोषितहरूलाई पुरस्कृत गर्न लागिएको हो । 

अन्य बाहिनी, गण, गुल्म र बीओपीमा उत्कृष्ट हुनेहरूको घोषणा र पुरस्कार वितरण सोही स्थानमा हुने सशस्त्र प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्