०२ साउन २०८३, शनिबार

राष्ट्रिय सभा निर्वाचनः शुरू भयो मौन अवधि , के–के गर्न पाइँदैन ?

राष्ट्रिय सभा निर्वाचनः शुरू भयो मौन अवधि , के–के गर्न पाइँदैन ?

माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गएरातिदेखि मौन अवधि शुरू भएको छ ।  मौन अवधिमा विभिन्न गतिविधि सञ्चालनमा निर्वाचन निर्वाचन आयोगले रोक लगाएको छ ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने आयोगको भनाइ छ ।

त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्