काठमाडौं, १६ असार –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ हजार रुपैयाँ घूस रकमसहित सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
आयोगको टोलीले बिहीवार ईलाका वन कार्यालय बर्दियाका सहायक वन अधिकृत राजकिशोर प्रसाद स्वर्णकारलाई घूस रकमसहित नियन्त्रणमा लिएको हो ।
सहायक वन अधिकृत स्वर्णकारले सेवाग्राहीसँग कानून बमोजिम कटान अनुमती लिई कटान पश्चात उक्त काठ र गोलियाको लगत मुल्याङ्कन गर्ने कामका लागि आलटाल गरि घूस रकम माग गरेका अख्तियारले जनाएको छ ।
स्वर्णकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसूर गरेको पुष्टि भएको भन्दै अख्तियारले उनलाई ६ हजार रुपैयाँ बिगो कायम गरी शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।