जेठ १३, २०७९
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले शुक्रवार संसदमा बोलेका शब्द रेकर्डबाट हटाउनु पर्ने नेकपा एमालेको अडानका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ । १५ मिनेटका लागि भ...
काठमाडाैं | माघ १०, २०७८
वैदेशिक रोजगारीमा गएका एक व्यक्ति सुन तस्करको अपहरणमा परेको रहस्य ३ महिनापछि खुलेको छ ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ का ३० वर्षीय रामेश्वर राम वैदेशिक रोजगारीमा गएर फर्किंदा काठमाडौंबाट अपहरणमा परेको खुलेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले ३ जना अपहरणकारीलाई पक्राउ गरेर माघ ४ गते सार्वजनिक गरेपछि विदेशबाट सुन ल्याएका रामेश्वर अपहरणको केश बाहिर आएको छ ।
प्रहरीले रामेश्वर रामलाई अपहरण गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने ३२ वर्षीय संयोग राई र ३० वर्षीय रमेश अर्याललाई पुस ३० गते पक्राउ गरेको थियो ।
यस्तै मकवानपुरगढी गाउँपालिका ५ घर भई काठमाडौंमा होटल सञ्चालन गर्ने ३१ वर्षीय गोकुल घिमिरेलाई पनि पक्राउ गरी प्रेस वक्तव्यमार्फत सार्वजनिक गरिएको थियो ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार अपहरणमा परेका रामेश्वरले उनीहरूको चंगुलबाट उम्केपछि प्रहरीमा जाहेरी दिएका थिए ।
त्यसपछि प्रहरीले अनुसन्धान शुरू गरेर थियो ।
अन्डरवेरमा लुकाएर ल्याएका थिए सुन
केही समयअगाडि वैदेशिक रोजगारीमा गएका रामेश्वर रामलाई संयुक्त अरब इमिरेट्सको दुबईमा काम गर्दै गर्दा कम्पनीले निकालियो । उनी दुबईमै अलपत्र परे ।
त्यसको फाइदा उठाउँदै हिन्दी भाषा बोल्ने व्यक्तिले आफ्नो सामान नेपालसम्म लगिदिएको खण्डमा जहाज टिकट काटिदिने बताए ।
अलपत्र परेका कारण उनले सहजै त्यसलाई स्वीकारे ।
त्यहाँ उनलाई कालो प्लाष्टिकभित्र रहेको सामान अन्डरवेरमा लुकाएर लैजान भनेको अनुसन्धानमा खुलेका छ ।
‘रामेश्वरलाई तस्करहरूले प्रलोभनमा पारेर कालो प्लाष्टिकभित्र पहेँलो धातु लैजान भनेको देखिन्छ,’ एसपी मैनालीले लोकान्तरसँग भने ।
उनी त्यो सामान लिएर असोज ८ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए । उनीसँग अर्का एक व्यक्ति पनि आएका थिए ।
उनी त्रिभुवन विमानस्थलबाट सुन सहजै बाहिर निकाल्न सफल भए ।
विमानस्थलबाट बाहिर आएपछि एक व्यक्तिले रामेश्वरलाई उनकै फोटो देखाएर आफू वास्तविक सम्पर्क व्यक्ति भएको भनी त्यो सुन लगे ।
त्यसपछि उनी सिरहास्थित घर जानका लागि बल्खुको होटल कञ्चनजङ्घामा बसेका थिए । त्यहाँ बसेको केही समयमै २ जना मानिस आएर ‘हाम्रो सुन कहाँ लुकाइस् ?’ भन्दै सोधखोज गरे ।
सुन अर्कैले लगिसकेको बताएपछि बाइकमा हालेर लगे ।
कुटपिट र चुरोटको ठुटोले पोलेर यातना
उनलाई संयोग राई र रमेश अर्यालले काठमाडौंको ज्याठामा रहेको होटल प्लेजर होमको एउटा कोठामा बन्धक बनाएको खुलेको प्रहरीले जनाएको छ ।
‘रामेश्वरलाई संयोग र रमेशले बाइकमा ल्याएर बन्धक बनाएको देखिन्छ,’ काठमाडौं प्रवक्ता मैनालीले लोकान्तरसँग भने, ‘त्यहाँ उनीहरूले यातना दिएको जाहेरवालाले उल्लेख गरेका छन् ।’
रामेश्वर रामले प्रहरीलाई दिएको बयान अनुसार उनीहरूले ‘तैंले ल्याएको सुन कहाँ लुकाइस् भन्दै कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिने र चुरोटका ठुटाले शरीरका विभिन्न भागमा पोल्ने गरेका थिए ।
रामेश्वर आफूलाई बन्धक बनाएर राखेको होटलको दोस्रो तलाबाट हाम्फालेर प्रहरीको सम्पर्कमा पुगेका थिए ।
कति थियो सुन ?
रामेश्वर रामले ल्याएको सुन कति थियो भन्ने प्रश्न अहिले पनि रहस्यमै छ ।
‘सुन कति थियो भन्नेमा हामीले अनुसन्धान गरिरहेका छौं,’ एसपी दिनेशराज मैनालीले भने, ‘अभियुक्तहरू पक्राउ गरेका छौं, थप उनीहरूबाट केही खुल्ला ।’
तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी सुन बाहिरियो र सुन एयरपोर्टको सीसीटीभी घेराभित्रबाटै कसले लग्यो भन्ने प्रश्नको जवाफ समेत प्रहरीसँग छैन ।
सुन तस्करी र अपहरण जोडिएको यो काण्ड झण्डैझण्डै ३३ किलो सुन प्रकरणको सनम शाक्य प्रकरण जस्तै रहेको देखिन्छ ।
उक्त प्रकरणमा पनि विदेशबाट भित्रिएको ३३ किलो सुन हराएको भन्दै ‘गोरे’लगायतको समूहले सनम शाक्यको अपहरण गरेको थियो ।
त्यसक्रममा चरम यातना दिँदा सनम शाक्यको हत्या भएको थियो ।
यद्यपि यस प्रकरणमा भने रामेश्वर अपहरणकारीको पञ्जाबाट फुत्किएर भाग्न सफल भए ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले शुक्रवार संसदमा बोलेका शब्द रेकर्डबाट हटाउनु पर्ने नेकपा एमालेको अडानका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ । १५ मिनेटका लागि भ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र लज्जास्पद अन्तर्घातको कुरा गरेर बाहिर सरकारमाथि धारे हात लगाउने काम नगर्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् । मत परिणाम आफ्नो पक्षमा अनुकुल...
रुपन्देहीको तिलोत्तमा भलबारीस्थित नेपाल आयल निगमको डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रवार बिहान इन्धन अनलोड गर्ने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको थियो । आगला...
दुर्घटनामा घाइते भएकी चितवन भरतपुर महानगरकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको थियो । टायर पञ्चर भ...
प्रतिनिधि सभाबाट सरकारका नीति तथा कार्यक्रम शनिवार पारित हुने भएको छ । आइतवार बजेट आउने भएपछि शनिवार नै सरकारका नीति कार्यक्रम पारित गर्न लागिएको हो । शनिवार बिहान ११ बजेपछि बस्ने पहिलो बैठकमा छलफल सम्पन्न ...
वरिष्ठ अधिवक्ता उपाधिका लागि फौजदारी अभियोग लागेकादेखि मापदण्ड पूरा नभएका अधिवक्ताहरूको समेत नाम सिफारिश भएको खुलेको छ । वरिष्ठ अधिवक्ता सिफारिशका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको नेत...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...