२५ जेठ २०८३, सोमबार

मोरङमा ५ किलो गाँजासहित एक जना पक्राउ

मोरङमा ५ किलो गाँजासहित एक जना पक्राउ

मोरङ, रतुवामाई नगरपालिका-८ डाँडागाउँमा एक जना अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् । 

सोही ठाउँ बस्ने ४५ वर्षीय कृष्ण राईलाई ५ केजी ३९० ग्राम गाँजासहित आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्