३० जेठ २०८३, शनिबार

दार्चुलाको महाकाली नगरपालिकामा कांग्रेस विजयी

कात्तिक २०, २०७४
दार्चुलाको महाकाली नगरपालिकामा कांग्रेस विजयी

दार्चुला, १६ असार -सदरमुकामको महाकाली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नगर प्रमुखमा कांग्रेसका हंशराज भट्ट चार हजार ४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनका निकटतम् प्रतिद्धन्दीे नेकपा एमालेका नरसिंह चैसिरले तीन हजार ५८६ मत प्राप्त गरे ।

यस्तै नगर उपप्रमुखमा काँग्रेसकी सुना बोहराले चार हजार १३२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गा धामीले तीन हजार ३४४ मत प्राप्त गरे ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाका अनुसार महाकाली नगरपालिकाका नौवटा वडा मध्ये आठवटामा काँग्रेस र एउटामा एमाले विजयी भएको छ । काँग्रेसबाट वडाध्यक्षमा क्रमशः महाकाली नगरपालिका– १ मा कल्यानसिंह कुँवर, २ मा गौरसिंह साहु, ३ मा पदमसिंह महर, ४ मा पुष्करराज जोशी, ५ मा तोरनप्रसाद अवस्थी, ६ मा चक्रसिंह बोहरा, ७ मा दिनेशराज जोशी र ८ मा चन्द्रसिंह विष्ट विजयी भएका छन् । एमालेका हरसिंह डाँगा वडा नं– ९ को वडाध्यक्षमा विजयी भए ।

salt training

कमेन्ट गर्नुहोस्