
केही दिनदेखि देशभर बढेको जाडो अझै केही दिन बढ्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभरी नै आंशिकदेखि सामान्य बदली हुने र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंगलवार पनि उपत्यका लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र हल्का वषाए समेत हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना छ ।
मौस पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले मंगलवारबाट मौसममा केही सुधार देखिएपति जाडो भने फेरि बढ्ने बताइन् । अझै एक महिना जाडो रहिरहने पूर्वानूमान गरिएको उनको भनाइ छ । नेपाल समाचारपत्रमा खबर छ ।