०३ असार २०८३, बुधबार

दाँतलाई चम्किलो र आकर्षक बनाउन डेन्टल सेन्टर जानै पर्दैन, घरमै छ सम्भव

कात्तिक २०, २०७४
दाँतलाई चम्किलो र आकर्षक बनाउन डेन्टल सेन्टर जानै पर्दैन, घरमै छ सम्भव

व्यक्तिको व्यक्तित्व आकर्षक देखाउनको उसको दाँतको महत्वपूर्ण मूमिका रहेको हुन्छ । दाँतलाई चम्किलो र आकर्षक बनाउन आजभोली डेन्टल सेन्टरहरुमा जाने प्रचलन पनि बढेको छ ।

 तर दाँतलाई चम्किलो र आकर्षक बनाउन घरमै रहेका बस्तु तथा खानेकुराको प्रयोग गरेर पनि गर्न सकिन्छ । जसलाइ राम्रो बनाउन बेलायतका सेलिब्रिटी डेन्टिस्ट रिचार्ड मक्र्युसले केही सुझाव दिएका छन् । 

१. बेकिङ सोडाको प्रयोग

बेकिङ सोडा दाँत चम्काउने प्राकृतिक वस्तु हो, जुन धेरै टुथपेस्टहरुमा प्रयोग भएको हुन्छ । एक चौथाई चियाचम्चा बेकिङ सोडालाई पानीमा मिलाउनुस र ब्रसको सहायताले दाँतमा रगड्नुस । केही समयमा नै तपाईंको दाँत सेतो देखिन थाल्छ । 

२. स्ट्रबेरी 

स्ट्रवेरीमा मेलिक एसिड नामक तत्व रहेको हुन्छ, जुन प्राकृतिकरुपमा दाँत चम्काउन सहयोगी हुन्छ । तपाईले नियमति रुपमा स्ट्रबेरी खानुभयो भने तपाईंको दाता चम्किला देखिन्छ । 

३. नूनपानीले कुल्ला 

नूनपानीले पनि प्राकृतिकरुपमा तपाईंको दाँत सेतो बनाउन मद्दत गर्छ र गिजाको पनि स्याहार गर्छ । यो प्राकृतिक एन्टिबायोटिक हो । एक कप तातो पानीमा एक चियाचम्चा नून हाल्नुस् र यसले कुला गर्नुहोस् । जसबाट तपाईको गिजा पनि स्वस्थ्य हुन्छ । 

४. सेतो खानेकुरा 

तपाईं जति सेतो खानेकुरा खानुहुन्छ त्यति नै तपाईंको दाँत सेतो हुँदै जान्छ । चिकेन, भात र माछा खाने गर्नुस् । चुकन्दर, ऐंसेलु, गाजरजस्ता कलिरिङयुक्त खानेकुराबाट टाढा रहनुस् ।

५. स्याउ 

मेलिक एसिड अन्तरनिहित हुने भएकाले स्याउको सेवनले पनि दाँतलाई सेतो बनाउन मद्दत पुग्छ ।

६. पानी र दुध 

कागतीपानी पिउनाले दाँतलाई फाइदा पुग्छ । यसैगरी रेड वाइनभन्दा ह्वाइट वाइन दाँतका लागि हीतकर हुन्छ । दुधमा हुने क्याल्सियमले पनि दाँत तथा गिजालाई बलियो र सफा बनाउन मद्दत गर्छ ।

७. नरिवलको तेल 

एक चम्चा नरिवलको तेल मुखमा हालेर सकेसम्म धेरै बेर कुला गर्नुस् । यो जति लामो समय गर्नुभयो त्यति फाइदा मिल्छ । त्यसैले कम्तिमा १५ मिनेट मुखमा राख्ने कोशिस गर्नुस् । यस्तो अभ्यासले दाँतमा रहेका ब्याक्टेरियालाई हटाउने र दाँतलाई चिल्लो बनाएर यसमा रहेका दागहरु पनि सफा गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्