
तपाईंलाई लाग्न सक्छ कि पतीपत्नीबीच सम्बन्ध विच्छेद (डिभोर्स) हुन कुनै विशेष वा ठूलै कारण चाहिन्छ ।
प्रायःलाई सम्बन्ध विच्छेदलाई लिएर गर्ने यस्तो आँकलन विस्तारै अमिल्दो हुँदै जान थालेको छ ।
आजकल सामान्यभन्दा अति सामान्य कारणले पनि डिर्भोस भएको खबर पढ्न पाइन्छ ।
यहाँ एक यस्तो डिभोर्सबारे खबर छ । गीतका कारण कसैको सम्बन्ध विच्छेद भएको यो घटना तपाईंलाई आश्चर्य लाग्न सक्छ ।
यो घटना इराकको राजधानी बगदादको हो ।
‘मिरर’ मा प्रकाशित समाचारका अनुसार, एक गीतका कारण त्यहाँ पतिपत्नीको सम्बन्ध टुटेको छ ।
त्यहाँ एक जोडीको विवाह गरियो र विवाहलगत्तै नाचगान कार्यक्रम राखिएको थियो । नाचगान कार्यक्रममा दुलहीले यस्तो गीत गाइन् की दुलाहा र उनको परिवारले दुलही स्वीकार्नै सकेनन् । निकै दुःखी र आक्रोशीत बनेका दुलाहाले त्यहीँ, त्यती नै बेला तीन पटक ‘तलाक’ भनेर सम्बन्धलाई बीट मारे ।
यो सम्बन्धविच्छेद सबैभन्दा कम समयमा भएको सम्बन्धविच्छेदका रुपमा लिइएको समाचार एजेन्सीले बताएको छ ।
दुलहीले एक एक सीरियाई गीत गाएकी थिइन् । ‘मेसायतारा’ गीतको मतलब थियो की, ‘म तिमीलाई आफ्नो हिसाबले चलाउनेछु ।’
यो सुनेर दुलाहा र दुलाहाका परिवारले दुलही नस्वीकारेको बताइएको छ ।