जेठ १३, २०७९
व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार पत्रकार सुजन आचार्य, धर्...
दाङको घोराहीस्थित कारागारबाट भागेका कैदी बन्दी यमराज परियार पक्राउ परेका छन ।
उनलाई भारतको पञ्जाबबाट पक्राउ दाङ ल्याइपुर्याएको छ । गएको महिना कारागारबाट अस्पताल जाने भनी निकालिएका परियार भागेर भारत पसेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी मुकुन्द रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट पक्राउ गर्न सफल भएको हो ।
गर्भवती भएकी प्रेमिकासँग विवाह गर्नुपर्ने भएपछि हत्या गरेको अभियोगमा सजाय काटिरहेका थिए ।
कारागार नाइके समेत रहेका ३० वर्षीय परियार जेलको सुरक्षामा खटिएका प्रहरीसहितको मिलेमतोमा अस्पताल जाने बहानामा प्रहरीकै मोटरसाइकल लिएर भागेको ३२ दिनपछि पुनः प्रहरीको फन्दामा परेका हुन । पञ्जाबको लुधियानामा डेरा लिएर परियार बस्ने तयारी गरिरहेको बेला भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।
कारागारबाट अस्पताल लैजाने भनेर उनलाई प्रहरी जवान धनबहादुर चौधरीले दुई युवतीसहित घोराहीकै थकाली भान्सघर पुर्याएका थिए ।
त्यही होटलबाट परियार प्रहरी जवान चौधरीको मोटरसाइकल लिएर भागेका थिए ।
कैदी भागेको प्रकरणमा प्रहरी जवान चौधरी र एक महिला कारागार चलान भएका छन् । त्यसैगरी जेलर युवराज परियार, सुरक्षा प्रमुख असइ रुद्र सेन ठकुरी, हवल्दार गणेश थारु निलम्बित छन् ।
कर्तव्य ज्यान मुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका परियारको अब कारागारबाट भागे बापत थप सजाय पाउनेछन् ।
व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार पत्रकार सुजन आचार्य, धर्...
कर्तव्य ज्यान मुद्दाका एक फरार आरोपीलाई प्रहरीले शुक्रवार भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटना...
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । प्रहरीले अछाम मंगलसेन न...
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ । काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी...
मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार ...
काठमाडौंको गुहेश्वर मन्दिर नजिकै बाग्मती खोलाको किनारमा एउटा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार कागेश्वरी–मनोहरा ८ बाग्मती खोलाको बीचमा रहेको स...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...