११ साउन २०८३, सोमबार

अमेरिकाका राष्ट्रपतिले पत्रकारलाई गरे गाली (भिडियो)

माघ ११, २०७८
अमेरिकाका राष्ट्रपतिले पत्रकारलाई गरे गाली (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडन पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा खासै फरक छैनन् । 

ट्रम्प पत्रकारहरूलाई गाली गर्थे भने बाइडन पनि त्यस्तै छन् । सोमवार एक पत्रकार सम्मेलनमा बाइडनले एकजना पत्रकारलाई गाली गरेका छन् । 

पत्रकार सम्मेलन सकिएपछि सबै पत्रकार हलबाहिर जाँदै गर्दा फक्स न्युजका पत्रकार पिटर डूसीले बाइडनलाई महंगीका विषयमा सोधेका थिए । 

महंगी भन्ने शब्द सुनेपछि बाइडनको पारा तात्यो र उनले व्यंग्यात्मक रूपमा यो एक महान् सम्पत्ति हो भने । त्यसपछि उनले पत्रकारलाई स्टुपिड सन अफ बिच भन्दै गाली गरे । 

होहल्ला भएकाले डूसीलाई बाइडनले गाली गरेको अन्य पत्रकारले सुनेनन् । तर पत्रकार सम्मेलन सकिएपछि माइक अन हुँदा नै बाइडनले गाली गरेपछि त्यो रेकर्ड भएको थियो । 

पछि डूसीले आफूलाई राष्ट्रपतिले अपमान गरेको बताए । 

बाइडनले यसअघि पनि पत्रकारलाई अपमान गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्