२७ असार २०८३, शनिबार

समाजवादी प्रेस संगठनको प्रदेश भेला स्थगित

समाजवादी प्रेस संगठनको प्रदेश भेला स्थगित

समाजवादी प्रेस संगठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको छ । पछिल्लो समय कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन गरेको हो ।

आगामी फागुन ७ गते काठमाडौंमा सम्मेलनको तयारी गरेकामा माघ महिनाभित्रमा प्रदेश भेला सम्पन्न गर्ने कार्यक्रमको तिथिमिति तय भएको थियो । 

राष्ट्रिय सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा अन्तिम चरणमा छ । मस्यौदा निर्माणपछि सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापकरूपमा छलफल गरिने छ । 

देशभर रहेका मातहतका संगठनमार्फत् विधानको मस्यौदा सबै प्रदेश तथा जिल्ला समितिमा छलफलका लागि पठाइने छ । त्यसको विस्तृत  छलफल  तथा अध्ययनपछि प्राप्त हुने सुझावलाई समेटेर मस्यौदामा समावेश गरिने छ ।

संगठनका महासचिव भुपराज खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले विधान निर्माण कार्य गरिरहेको छ । संगठनले १५ सदस्यीय सचिवालय, विभागलाई हालै पूर्णता दिएको छ । सम्मेलन तयारी समितिसमेत गठन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्