
दाङ १६ असार– दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका भक्तबहादुर ओली ३ हजार ३ सय २५ मत पाएर विजयी भएका हुन् ।
कांग्रेसका भोजराज पाण्डेले २ हजार ५ सय २५ मप प्राप्त गरे भने एमालेका गिरबहादुर कुवरले १ हजार ६ सय ३४ मत प्राप्त गरे । २ हजार ९ सय ८७ मत पाएर माओवादी कै यमुना घर्ती उपाध्यक्षमा विजयी भएकी छिन् ।